काठमाडौं-महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च निगरानीमा राखेको हो ।


ADVERTISEMENT


महालेखा परीक्षकको कार्यालयका अनुसार पशुपति क्षेत्र विकास कोषको आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्मको तीन वर्षको अवधिमा मात्रै झन्डै ६ अर्ब कारोबार भएको थियो भने नेपाल पर्यटन बोर्डले पनि गत तीन वर्षको अवधिमा झन्डै साढे चार अर्बको कारोबार गरेको छ ।


ADVERTISEMENT

# # #


महालेखा परीक्षक कार्यालयले यी दुवै निकायलाई पटक-पटक लेखापरीक्षण गराउन ताकेता गरे पनि दुवै निकायले बेवास्ता गर्दै आएपछि दुवै निकायलाई उच्च निगरानीमा राखी अन्तिम पटक ताकेता गरेको छ ।

महालेखाले दुवै निकायबाट त्यस अवधिमा गरिएको झन्डै साढे १० अर्बको कारोबार शंकास्पद देखिएको बताएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले दुवै निकायलाई लेखापरीक्षण गराउन पटक-पटक ताकेता गर्दा पनि अटेरी र बेवास्ता गरेकाले दुवै निकायको कारोबार शंकास्पद देखिएको बताए ।-आजको अन्नपुर्ण पोष्टबाट