काठमाडोँ– अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ ।


ADVERTISEMENT


ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #


मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर डटकममा प्रकाशित समाचारमा उल्लेख गरिएका थप विवरण यसप्रकार छन् :

सोमबार अपरान्ह अज्ञात नम्बरबाट अपार्टमेन्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको थियो । त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरे । प्रहरीले अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पार्‍यो ।

मृतकको नेपालमा रहेकी आमा र परिवारलाई घटनाका बारेमा स्थानीय नेपाली समुदायका तर्फबाट खबर गरिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् । नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिनअघि कुराकानी भएको थियो । मुना उनको एउटै मात्र सन्तान रहेको समेत उनले बताइन् ।

हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडिओ फुटेजहरू प्रहरीले लगिसकेका छन् । त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ ।

उनी केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ ।

मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ । ती सञ्चालकले उपलव्ध गराएको भिडियो क्लिपले हत्याराले ओछ्यानमै गोली हानेको सहजै अनुमान गर्न सकिन्छ । ओछ्यानभरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्गन्ध आएकोले घटना शनिबारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताए ।

मुनालाई तीनवटा गोली हानिएको थियो । ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ ।
२१ बर्षिया मुनाको नेपालमा आमामात्र छिन् । माता(पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।

अमेरिकाको टेक्सासमा एक महिनाभित्र दोस्रो नेपालीको हत्या भएको हो । गत २९ जुलाईमा ३० वर्षिय दिपक वली मारिएका थिए ।