काठमाडौँ– अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने एक शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजनालाई पक्राउ गरेको हो ।
बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९ः४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।
बिहिवार ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत पाण्डेमाथि उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको थियो । मृतक पाण्डे एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका पुगेकी थिइन् ।



























































