काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए ।


ADVERTISEMENT


आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा छन् ।

यसबारे उनले पार्टीका केही नेता तथा मन्त्रीसँग मंगलबार राति बालुवाटारमा छलफल गरेका थिए ।-आजको कान्तिपुरमाबाट