राहुल गुप्ता, बारा – नाकाबाट तस्करी हुने नियन्त्रणमा खटिने सुरक्षाकर्मीकै संलग्नतामा तस्करी हुने गरेको पाइएको । बाराको मटिअर्वा नाकाबाट हुने व्यापक तस्करीमा सशस्त्र प्रहरीकै संलग्नता रहेको पाइएको हो ।


ADVERTISEMENT


तस्करी कार्य गराउन सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी विदुर भट्टराईले तस्कहरुसँग महिनावारी रकम लिने गरेको स्रोतले जनाएको छ । यस्तै, अन्य जवान र हवलदारले पनि ड्युटी खर्च भन्दै रकम असुल्ने गरेको स्रोतको भनाई छ ।


ADVERTISEMENT

# # #


उसै त अत्याधिक तस्करी हुने नाकामा सुरक्षाकर्मीकै ग्रीन सिग्नल पाएपछि तस्करहरुले नाकाबाट निर्धक्क तस्करी गर्न थालेको स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार यही नाका हुँदै कबाड नेपालबाट भारत जाने गर्दछ ।

बिहीबार राती मात्रै सशस्त्र प्रहरीको गुल्म पछाडीको बाटो हुँदै ठेलामा दुई ट्रक कबाडको समान तस्करहरुले भारततर्फ लगेका छन् भने सशस्त्र प्रहरीको डीउटी अगाडिबाट नै दुई घण्टा लगाएर तस्करले समान लगेको स्रोतको दाबी छ ।

प्रहरीले सामान नियन्त्रणमा लिनुको सट्टा ड्युटी खर्च लिदैँ तस्करीलाई झन् बढावा दिएको स्थानियको आरोप छ । चार–पाँच दिनदेखि रोकिएको कबाडको तस्करी सशस्त्रका डीएसपी भट्टराईको ईशारा पाएपछि गएरातीदेखि फेरि सुचारु भएको थियो ।

तस्करी कार्यमा संलग्न एक व्यक्ति निर्धक्क बताउँछन्, ‘फकाउँदा फकाउँदा डीएसपीसाब बल्ल तयार हुनु भयो र पाँच दिनपछी गएरातीदेखि फेरि काम सुचारु भएको छ ।’

तस्करहरुले धान भारतबाट नेपाल ल्याउने गरेको एक प्रत्यक्षदर्शीले सुनाए । रातको समयमा मोटरसाइकलमा काजु किसमिस, चिनी, कपडा , सुर्ती आदिको तस्करी समेत हुने गरेउनको भनाई छ ।

तस्करीमा सुरक्षाकर्मीकै संलग्नता देखिएपनि सशस्त्र प्रहरीका एसपी सन्तोष बहादुर सिंहको मौन बस्नुले सशस्त्र प्रहरीको संस्थागत संलग्नता भएको आशंका उब्जाएको छ । यस सम्बन्धित प्रश्नमा उनले आफुले तस्करीबारे बुझ्ने प्रतिक्रिया दिएका छन् ।

यता सशस्त्र प्रहरीका डीएसपी भट्टराईले भने खुला सिमानाका कारण तस्करी भएको र आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।