काठमाडौँ – सवारी साधनका प्रयोगकर्तालाई एउटै छानामुनी सवारी छनोट गर्ने भएको नाडा अटो सो–२०२४ भव्यताका साथ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा गत ११ भाद्र (मंगलबार)देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो शो आइतबार सम्पन्न भएको हो ।
अटो सोमा विभिन्न ब्रान्डका सवारी साधन प्रर्दशनीमा राखिएको थियो । जसमध्ये चारपांग्रेमा ९ वटा नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनी राखिएका थिए भने केही नयाँ र केही पुरानै ब्राण्डका नयाँ मोडलका दुई पांग्रे सवारी समेत प्रदर्शनमा राखिएको थियो । गाडी, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेला राखिएको थियो ।
विद्युतीय सवारीको वर्चश्व रहको समेमा दीपल, बीवाईडी र टाटाका सवारीप्रति दर्शकको बढी आकर्षण देखिन्थ्यो । यस्तै पहिलो पटक नेपालमै एसेन्बल भएको हुण्डाईका चार पाङ्ग्रेमा पनि दर्शकको चाख देखिन्थ्यो । शोमा विभिन्न ब्राण्डका सयौँ सवारीका लागि बुकिङ समेत भएको छ ।
अटो शोले यस वर्षको दसैंलाई स्वागत गर्दै व्यवसायीहरूको मनमा नयाँ आशाको सञ्चार गरेको व्यवसायीहरुले बताए । यसले अटो व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने उनीहरुको विश्वास छ ।





































































