रुपन्देही-बुटवलको संगमपथस्थित युनाइटेड प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


आगलागीका कारण गोदाममा भण्डार गरिएको प्लास्टिकका सामान जलेर नस्ट भएका छन् । आगलागीबाट २ करोड बराबरको क्षति भएको सन्चालक जीवन गौतमले बताए ।


ADVERTISEMENT

# # #


आगो नियन्त्रणमा लिनका लागि चार वटा दमकल प्रयोग गरिएको थियो । बुटवलको दमकलको पानी सकिएपछि अन्यत्रका दमकलको सहायता लिनुपरेको थियो ।

आगो निभाउन भैरहवा सिद्धार्थनगर, परासी, रामग्राम र कपिलवस्तुको वाणगंगाबाट आएका दमकल झिकाइएको थियो । प्रहरी, स्थानीय बासिन्दाले आगो निभाएका हुन् ।