काठमाडौँ – जी मोटर्सले नाडा अटो शोमा १ सय २६ यूनिट गाडी बुकिङ लिएको जनाएको छ । कम्पनीले २०२४ को नाडा अटो शोमा उत्साहजनक बुकिङ गरेको अवसरमा केक काटेर खुसीयाली मनाएको हो ।


ADVERTISEMENT


‘हामीले ईटी–५ र बीई–११ मिलाएर १ सय २६ यूनिट गाडी बुकिङ पुरा गरेका छौं’, प्रबन्ध निर्देशक कैलाशबावु गेलालले हिमालय पोष्टसँग भने, ‘यो नाडा अटो सोमा हामी अग्रणी भएर प्रतिस्पर्धामा सफल भयौं ।’


ADVERTISEMENT

# # #


स्काइवेलले ४२०, ५२० र ६२० किलोमिटर रेन्ज दिने गाडी अटो शोमा प्रदर्शनी गरेको थियो । अहिले बीई–११ मोडलको दुई भेरियन्ट अटो शोमा प्रदर्शनी गरेको हो । कम्पनीले प्रदर्शनी गरेको नयाँ मोडलमा ५१ र ७१ किलोवाट आवरको ब्याट्री छन् ।

सर्ट रेन्ज मोडलको मूल्य ७५ लाख ९० हजार, मिड रेन्जको ८५ लाख ९० हजार र टप मोडल ईटी–५का १ करोड १० लाख रहेको कम्पनीले जनाएको छ ।