काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गरेका हुन् । कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहको नाममा भएको हत्यालाई नबिर्सन उनले सुझाव दिए । शान्तिका लागि अथक प्रयास गरेको कारणले प्रचण्डलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


‘रामायणमा राम र रावणबीच युद्ध भयो । रावणको मृत्यु भयो, लंका जल्यो । के राम र रावणको युद्ध हिंसा थियो ? त्यो हिंसा थियो भने प्रधानमन्त्रीले बालुवाटारबाट तामझामका साथ साको मूर्ति चितवन किन लैजानुभयो ?’ उनले भने, ‘माओवादी जनयुद्ध लडेका कमाण्डर प्रचण्ड समावेशी गणतन्त्र, लोकतन्त्र र समावेशी राज्यका लागि लड्नभो । त्यतिखेर एउटा आन्दोलनको नेतृत्व गरेका कारण रामजस्तै यी सबै कुराको जनक भनिनुपर्छ । शान्तिका लागि अथक प्रयास गर्नुभएकाले उहाँलाई नोबेल पुरस्कारका लागि प्रस्ताव गर्नुपर्छ ।’

समावेशी समानुपातिकको पक्षमा लडेका कारण प्रचण्डलाई जनक भनिनुपर्ने समेत उनले उल्लेख गरे ।