काठमाडौँ – महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप महालक्ष्मी विकास बैंकद्धारा एनएफआरएस ०९ : एक्सपेक्टेड क्रेडिट लस (ईसीएल)  मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेस सँग  समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।


ADVERTISEMENT


यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने बैँकले वश्वास व्यक्त गरेको छ । बैँकका अनुसार यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन/अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्नेछ ।


ADVERTISEMENT

# # #


“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।