काठमाडौं-प्रिया प्रकाश भरियरको पहिलो फिल्मले रिलिज मिति कुर्दै छ । तर अहिले उनको चर्चा इन्टरनेटमा व्यापक भइरहेको छ । ‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मबाट उनले डब्यु गर्दै छिन् ।


ADVERTISEMENT


उक्त फिल्मको सार्वजनिक एक गीतमा उनले गरेको आँखाको हाउभाउले उनलाई चर्चामा ल्याएको हो । उनको हाउभाउ अहिले इन्टरनेटमा व्यापक सेयर भइरहेको छ । सो क्लिप्स भाइरल भएपछि अहिले उनको इनबक्स प्रेम प्रस्तावले भरिएको उनले बताइन् ।


ADVERTISEMENT

# # #


“म धेरै खुसी छु । मलाई यत्रो माया कसरी सम्हालुँ भइरहेको छ । यो सपनाजस्तो भइरहेको छ ।” प्रियाले भनिन्– “म अहिलेको यो अवस्था बयान गर्न असमर्थ छु । मैले यो कहिले पनि सोचेको थिइनँ ।”

फिल्ममा सानो रोलका लागि अनुबन्ध भएकी यी अठार वर्षीया पात्र नयाँ प्रख्यातिपछि अब प्रमुख पात्रका रूपमा देखिने छिन् । रोचक पक्ष फिल्ममा उनले निभाउने पात्रको नाम पनि प्रिया नै रहेको छ ।

प्रियाको फ्यान मिनेटको दरमा बढिरहेका छन् । गीतमा उनी आफ्ना आखीभौँ एकपछि अर्को उठाएपछि आँखा झिम्क्याएको देखाइएको छ । त्यसपछि उनको अनुहारमा छाउने लजालु मुस्कानले उनमा एक स्वभाविक आकर्षण पैदा गर्छ । उनले भनिन्– “निर्देशकले मलाई निश्चित हिसाबले आँखीभौँ नचाउन भनेका थिए । यो उत्तरी केरलाको परम्परागत एक गीत हो र त्यहाँ एउटा दृश्यमा केटा र केटी आँखाको हाउभाउबाट सञ्चार गरिरहेका हुन्छन् । भनिए अनुरूप मैले गरेकी मात्र हुँ ।” प्रियाले भनिन् । यति भनेर उनले आफूलाई भ्यालेन्टाइनमा डेटको प्रस्ताव आएको र केहीले त प्रपोज पनि गरेको बताइन् ।

उनले प्राप्त गरेको नयाँ प्रसिद्धिमा उनका नजिकका मान्छेहरू पनि तानिएका छन् । “मेरा साथीहरू म भन्दा बढी उत्साही छन् । मेरा बुबाका सहकर्मीहरूले पनि मेरो फोटोमा चाख दिन थालेछन् । यसबारेमा कुरा बढ्न थालेपछि बुवाले यो मेरो छोरी हो भनेर चिनाउनुभएछ ।”