काठमाडौं-प्रदेश नम्बर ५ मा मुख्यमन्त्री नियुक्त शंकर पोखरेल र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त शेरधन राईले आज (बुधबार) मुख्यमन्त्रीको सपथ लिने भएका छन्।


ADVERTISEMENT


दुवै प्रदेशमा आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी समेत गरिएको छ । दुवै जना एमाले नेता हुन् । पोखरेल र राई दुवैले केन्द्र सरकारमा विगतमा सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


प्रदेश ५ मा माओवादी र एमालेको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश १ मा भने एमालेको एकल बहुमत छ । एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति निर्वाचन अघि नै भएको थियो । राई भने एमाले सचिव भीम आचार्यसँग संसदीय दलको नेताको प्रतिष्पर्धामा विजयी भएका हुन् ।