आज प्रेमी प्रेमिकाको विशेष दिन ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । पश्चिमा देशहरुबाट सुरु भएको यो दिवसले अहिले पूर्वी देशमा पनि निकै महत्व पाएको छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो ।


ADVERTISEMENT


नेपालमा पनि पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ ले निकै चर्चा पाउने गरेको छ । यो प्रणय दिवससँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् । आखिर कसरी सुरु भयो त प्रणय दिवस ? यो दिवस किन मनाउन थालियो त ?  के महत्व छ यो दिवसको ? यसको ऐतिहासिक पृष्ठभमि कस्तो छ भन्ने सबैले जान्नु आवश्यक छ ।


ADVERTISEMENT

# # #


प्रेम र ‘भ्यालेन्टाइन डे’ का बारेमा स्वामी आनन्द विनोद यसो भन्छन् ।

कसरी सुरु भयो प्रणय दिवस ?

विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।

प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा रातो गुलाफ खोज्नेदेखि फेसबुकमै माया साटासाट गर्नेहरु पनि भेटिन्छन् । रातो गुलाफ खोज्नेहरुका कारण फूलको व्यापार चाहिँ फस्टाएको छ ।

कसरी सफल बनाउने प्रेम ?

  • सबैभन्दा पहिले त प्रेम व्यापार होइन । कि लेनदेन गर्नुपरोस् ।
  • अहिले युवा पुस्तामा प्रेमको दयरा फरक रहेको पाइन्छ । नपाउञ्जेल कस्तो कस्तो, पाएपछि सस्तो भनेजस्तो गर्नु हुँदैन । सँधै एकले अर्कोलाई सम्मान र सोधपुछ गर्नुपर्छ ।
  • सम्बन्धलाई अझ प्रगाढ बनाउन साथीसंग मिठो बोल्ने, निश्वार्थ उपहार दिने गर्नुपर्छ ।
  • हृदयको निकटको व्यक्ति टाढा छ भने सम्पर्क गर्नुपर्छ ।
  • एउटै संकल्प गरौँ कि साँधैभरी साथ दिन पाउँ ।
  • ‘पोजेटिभ’ हुँदा ‘लभ यु’ र ‘नेगेटिभ’ हुँदा ‘हेट यु’ भन्ने गर्नु हुँदैन ।
  • एकले अर्कामाथि अधिपत्य नजमाई सहृदयी ढंगले अगाडि बढ्नुपर्छ ।
  • प्रेम फुलेको फूलको अवस्था हो । यसको सुगन्ध लिनसक्नुपर्छ । प्रेम बलेको दियोको अवस्था हो । जसको प्रकाशले जीवन सार्थक बनाउन सक्नुपर्छ ।

–हिमालय पोष्टसंगको कुराकानीमा आधारित