काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को स्वामित्वमा आगामी नोभेम्बर–डिसेम्बरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता खेल्ने टोलीको स्वामित्वका लागि आज बोलकबोल (अक्सन) हुने भएको छ ।
नेपाल क्रिकेट संघले नेपालका विभिन्न ८ सहरको नामका टोलीको स्वामित्व खरिदका लागि यसअघि बोलपत्र आह्वान गरेको थियो । जसमा आवेदन दिएहरुका मध्ये १३ वटा कम्पनीलाई सर्टलिस्ट गरेर अक्सनमार्फत टोलीको स्वामित्व प्रदान गर्न लागिएको हो । जुन आज साँझ ५ बजे हुने क्यानले जनाइको छ ।
स्रोतका अनुसार प्रत्येक टिमका लागि सुरुवाती मूल्य १ करोड राखिएको छ । जसमा १३ टोलीले फ्रेन्चाइज्ड जित्न लिलाम प्रतिस्पर्धा गर्नेछन् ।



























































