काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को स्वामित्वमा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता खेल्ने टोलीका मालिक घोषणा भएका छन् ।


ADVERTISEMENT


क्यानले एनपीएलमा सहभागी हुने नेपालका विभिन्न ८ सहरको नामका ८ टोलीको स्वामित्व खरिदका लागि यसअघि बोलपत्र आह्वान गरेको थियो । जसमा आवेदन दिएहरुका मध्ये १३ वटा कम्पनीलाई सर्टलिस्ट गरे पनि अक्सनमा ९ वटा कम्पनी मात्रै सहभागी भएका थिए । सहभागी कम्पनी बीचको बोलकबोलमार्फत टोलीको स्वामित्व प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


जस अनुसार पोखराको फ्रेन्चाइज्ड सबैभन्दा महंगोमा विक्री भएको छ भने कर्णालीको सबैभन्दा सस्तोमा लिलाम भएको छ । पोखरालाई नेपाल टी–२० प्रा.लि.ले ३ करोड ५७ लाखमा खरिद गरेको छ भने कर्णालीलाई हिमालयन बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिले १ करोड ११ लाख ७० हजारमा खरिद गरेको हो ।

यस्तै काठमाडौँको स्वामित्व कान्तिपुर पब्लिकेशन प्रा.लि.ले खरिद गरेको छ भने चितवनको स्वामित्व चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजारमा लिएको छ । यस्तै विराटनगरको स्वामित्व एमएडी ड्रिम्स स्पोर्टस् प्रा.लि.ले १ करोड ५१ लाखमा, लुम्बिनीको स्वामित्व फर्चुना हेल्थ केयर प्रालिले १ करोड ८६ लाखमा, जनकपुरको स्वामित्व ड्रिम स्पोर्टस् प्रा.लि.ले २ करोड ५ लाखमा खरिद गरेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।