काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन निरन्तर नियमन गरिने बताएका छन् ।


ADVERTISEMENT


एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार प्रतिवद्ध रहेको भन्दै निरन्तर नियमन गर्ने बताए । सरकारले नियमन गर्यो भनेर प्रश्न उठाउन नहुने भन्दै उनले विद्यमान कानुनको आधामा नियमन गरेको छ की छैन भनेर निजी अस्पतालले बुझ्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले निजी अस्पतालले नागरिकको सहज स्वास्थ्य सेवालाई ध्यान राख्दै सेवालाई प्रभावकारी गर्नुपर्ने र लगानीको दायरा समेत बढाउनुपर्ने धारणा राखे । त्यस्तै उनले स्वास्थ्य बीमाको सुविधालाई निजी अस्पतालमा समेत विस्तार गर्नुपर्ने बताए ।

१० प्रतिशत विपन्न नागरिकलाई उपचार गर्ने निजी अस्पतालको प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न उनले आग्रह समेत गरे ।