काठमाडौँ – कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ । बैँकले युसएड संगको सहकार्यमा ‘देशै भरिवर्षैभरि’ अभियानकै रुपमा वित्तीय साक्षरता प्रर्वद्धन गरी विभिन्न स्थानमा रहेका व्यवसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।
कुमारी बैंकले वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको छ । बैँकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामाग्री विकास गरी समाजमा रहेका ब्यावसायिक एवं उद्यमशील संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।


























































