काठमाडौँ – प्राकृतिक सुन्दरता, धर्म सम्पदा, बौद्ध, गुम्बा, कला संस्कृति हिम पर्वत, हरियाली सुन्दर डांडापाखा, कलकलाउँदो झरनाहरुले भरिपूर्ण नगर हो दुधकुण्ड नगरपालिका ।
सोलु जिल्लामा पर्ने यो दुधकुण्ड नगर को एउटा गाउँ हो गोराखानी गाउँ, जुन वडा दुधकुण्ड नगरपालिकाको वडा नं ९ पर्दछ । यस वडामा पर्यटकीय क्षेत्रमा चर्चामा रहेको पिके पिक, ग्युरर्मी छोइलिङ गुम्बा, दुधपोखरी, बौद्ध, गुम्बा, माहादेवी, सेतीभूमि जस्ता पुरातात्विक हिसावले पनि महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।
यिनै विविध सुन्दरताले भरिपुर्ण कला सस्कृति,धर्मिक शक्ती पिठ र पर्यटकीय क्षेत्रलाई समेटी हाम्रो गोराखानी गाउँ, राम्रो गोराखानी गाउँ बोल रहेको गीत सार्वजनिक भएको छ । दुधकुण्ड नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष धनराज तामाङको विषेश सहयोगमा स्थानीय कलाकार तथा मोडल पासाङ तामाङको सकृयतमा निर्माण भएको यस गीतमा स्थानिय कला संस्कृति, भेषभुषा, गाउँ घर, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई समेटिएको छ ।
जैदुङ्, लाप्चा, सिसाखोला, डाडाखर्क, फेदी, दिम्सेत, गोरा, छेवार, धारापानी, पिके, दुधपोखरी जस्ता सुन्दर बस्तीहरु रहेको गोराखानीको प्रचार गीत हाम्रो गोराखानी गाउँ, राम्रो गोराखानी गाउँको भिडियोमा पनि यी सबै ठाउँहरुलाई समेटिएको छ ।
पासाङ तामाङको परिकल्पनामा शंकर अधिकारी घायलको शब्द रहेको यस गीतमा सरोज प्याकुरेलको संगीत,गायिका रिता केसी र गायक संजय तोम्रुकको स्वर रहेको छ भने छायाँकार रेशम दर्लामीको सुन्दर छायाँकन र विश्वराम खड्का र अर्जुन खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई निर्देशक रत्नकाजी जोशीले गीत अनुसार नै सुन्दर तरिकाले भिडियोको निर्माण तथा निर्देशन गरेका छन् ।
ब्रम्हायणी डिजिटल मिडिया बाट निर्माण भएको यस गीतको भिडियोमा मोडल पासाङ तामाङ र सुस्मिता तामाङको अभिनय रहेको छ ।
यस्तो छ भिडियो :


























































