विराटनगर– त्रिदण्डी जगदगुरू महायोगी सिद्धबाबालाई अन्ततः न्याय मिलेको छ । बुधबार उच्च अदालत विराटनगरले जगदगुरू सिद्धबाबा माथि लगाइएका सबै आरोपहरू झुठो ठहर गर्दै ‘महिला’ सम्बन्धि दोषबाट मुक्त गर्ने आदेश दिएको हो ।


ADVERTISEMENT


उच्च अदालत बिराटनगरका न्यायाधीशद्वय विमल सुवेदी र राजेन्द्र अधिकारीको बेन्चबाट महायोगी सिद्धबावालाई आरोपबाट न्याय दिने फैसला भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि जिल्ला अदालत सुनसरीले दिएको न्यायलाई सदर गर्दै उच्चले समेत त्रिदण्डी जगदगुरू माथि लगाइएका आरोपहरू आधारहिन, प्रमाणविहिन, कपोकल्पित, नियोजित र चरित्र हत्या हुने गम्भिर मिथ्या भ्रम भन्दै यस्ता सबै आरोपहरूबाट दोषमुक्त गर्ने गरी आदेश भएको हो ।

जमिनमुनी ९ दिनसम्म समाधि लिएर सबैलाई आश्चर्यचकित बनाएका सिद्धबावाले नेपालमा ऐतिहासिक र भव्य दैविक अनुष्ठानहरू गर्ने गरेका छन् । गत चैतमा सुनसरीको चतरामा गरिएको हनुमत महायज्ञमा भारतबाट बागेश्वरधाम सरकारको आगमन र प्रबचन चर्चामा छ ।

नेपालमा लाखौं भक्तहरूबाट पूज्य महायोगी सिद्धबावालाई भारतका संकराचार्य, जगदगुरू लगायत सबै साधुसन्तहरूको विशेष सम्मान र प्रगाढ सम्बन्ध कायम रहेको छ ।

पूर्वीय दर्शन, धर्म, शास्त्र, हिन्दु, सनातन लगायत आयुर्वेदमा अतुलनीय ज्ञान र अभ्यास रहेका सिद्दबावा नेपालको धार्मिक राष्ट्रियताका पक्षमा वकालत र कार्य गरिरहेका छन् ।

समाधिसिद्द जगदगुरूप्रति लामो समय देखि भईरहेको ‘नियोजित’ आक्रमण माथि न्यायालयबाट पूर्ण रूपमा न्याय मिलेको भन्दै नेपाल, भारत, बेलायत, अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानडा लगायत संसारभरीका भक्तहरूले खुसि र शुभेच्छा ब्यक्त भईरहेको सिद्धबाबाका एक अनुयायीले हिमालय पोष्टलाई जानकारी दिए ।