काठमाडौँ– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिमा सांसदहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।


ADVERTISEMENT


बुधबार संघीय संसद भवनमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । सभामुख देवराज घिमिरे लगाएतका सांसदहरुले पुष्पगुच्छा अर्पण गरेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्वर्गीय नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

गतवर्ष भदौ २६ गते नेम्वाङको हृदयघातका कारण निधन भएको थियो ।