काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसंग मिलेर सरकारमा गएको उनले बताए । उनले दुई दलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफूलाई प्रधानमन्त्री पद दिने जिकिर गरे ।

देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीर्लाइ अघि बढाउन युवा शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले नयाँ पुस्ताहरुले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने जिकिर गरे । कांग्रेसले नेतृत्व गरेका गाऊँ/नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो ।