सुनसरी – प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का ३१ वर्षीय शम्भु काफ्ले रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय १० मिलिग्राम र नगद ४७ हजार रूपैयाँ सहित शुक्रबार बिहान पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको प्रहरीेले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।