काठमाडौँ – नेकपा माओवादी केन्द्रले  गर्ने काम भएको भन्दै सदनमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सत्तापक्ष दलहरुले जनयुद्धलाई हिंसाको रुप दिएर अपमानीत गर्ने काम गरेको भन्दै सदनमा निरन्तर प्रतिवाद गर्ने निर्णय गरेको हो । हिंसा शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको माओवादी मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गर्नेगरि आएका भावहरु स्वीकार्य नहुने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई अपमान गर्नेकाम भएकाले सदनबाट शसक्त रुपमा प्रतिवाद गर्न निर्देशन दिएका थिए । त्यस्तै बैठकले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार पुनरावलोकन (भ्याकेट) मा जानुपर्ने निष्कर्ष निकालेको मुख्य सचेतक पाण्डेले बताए ।

त्यस्तै बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मालाई नै उम्मेवारको रुपमा अघि बढाउने र विधायन व्यवस्थापन समितिको सभापति नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

त्यस्तै मुख्य सचेतक पाण्डेले उपसभामुखलाई हटाउने सत्तापक्षको कदम सही नभएको उल्लेख गरे ।