काठमाडौँ – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले कृषि विकासका लागि अन्तराष्ट्रिय कोषबाट कृषि कार्यक्रमका लागि प्राप्त हुने करिव ९ अर्ब ४५ करोड रुपैया बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तिय सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगाएतका आयोजनामा चालू आर्थिक वर्षका लागि २१० अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको उनले बताए । त्यस्तै बैठकले अन्तरिक रुपमा धरहरा सञ्चालन गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।

त्यस्तै बैठकले निर्वाचन अयाोगका सहसचिव रघुराम विष्टलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ ।