काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पिपुल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् । शुक्रबार आयोजित समारोहमा सार्वजनिक मतपरिणाम अनुसार कविताले ५६ प्रतिशत मत ल्याउँदै अवार्ड जितेकी हुन् ।
एनएसजेएफले पिपुल्स च्वाइस अवार्डका लागि विभिन्न खेलका ५ जना खेलाडीलाई मनोनयनमा राखेको थियो । जसमध्ये कबड्डी खेलाडी मानमती विष्टले दोस्रो स्थान हासिल गरेकी छन् भने भलिबलकी १६ प्रतिशत मतसहित तेस्रो भएकी छन् । यस्तै नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्शन झा र रग्बी खेलाडी श्रीराम श्रेष्ठ ४.४ प्रतिशत मतसहित समान चौथो स्थान हासिल गरे ।
पिपल्स च्वाइस अवार्डको बिजेता मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई सेवाको भोटिङबाट छनोट गरिएको हो । जसका लागि ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत तोकिएको थियो ।



























































