काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।
शुक्रबार आयोजित पुरस्कार समारोहमा रोहित उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका हुन् । विजेता बनेका ट्रफीसहित रोहितले पल्सर एनएस २०० मोटरसाइकल समेत प्राप्त गरेका छन् । आईसीसी ओडीआई लिग–२ का लागि क्यानडामा रहेका रोहितको तर्फबाट उनका आमा र दाईले उक्त पुरस्कार ग्रहण गरेका छन् ।
यो अवार्डका लागि रोहितसँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए ।



























































