काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएका छन् ।


ADVERTISEMENT


३४ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले विभिन्न माध्यमबाट २६ हजार बढी उजुरी प्राप्त भएको जनाएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीहरु समेत गरि जम्मा कारवाही गर्नुपर्ने उजुरीको संख्या ३६ हजार १ सय ८६ मध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भीक छानविनबाटै फछर्यौट भएको छ ।


ADVERTISEMENT

# # #


अख्तियारमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिलासंग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षकोे ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक बर्षमा जिम्मेवारी सरेर आएका छन् ।

गत आर्थिक वर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाहरुको फैसला भएको छ भने ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको उनले बताए ।

त्यस्तै आयोगले मुद्दाबापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको जनाएको छ । आयोगले भ्रष्टाचार हुनै नदिन निरोधात्मक र भ्रष्टाचारविरद्ध जागरण अभिवृद्धि गर्ने प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्दै आएको समेत जनाएको छ ।