एजेन्सी – भारतीय विपक्षी नेता तथा आम आदमी पार्टी (आप)का संस्थापक अरविन्द केजरीवालले नयाँ दिल्लीको आगामी मुख्यमन्त्रीमा पार्टीकी नेतृ आतिशीलाई राजेको छन् ।
भ्रष्टाचारको मुद्दामा जमानत पाएपछि दिल्लीका मुख्यमन्त्री समेत रहेका केजरीवालले आफूलाई अर्को वर्ष हुने चुनावमा नयाँ जनादेश जित्नमा ध्यान केन्द्रित गर्न मुख्यमन्त्रीको रूपमा आतिशीलाई अघि सारेका हुन् । केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिँदै आतिशीलाई मुख्यमन्त्री बनाउने गरी दलको नेता चयन गरेका हुन् ।
नाममात्रै प्रयोग गर्ने ४३ वर्षीया आतिशी प्रधानमन्त्री नरेन्द्रका कट्टर आलोचक केजरीवालको नेतृत्वमा भ्रष्टाचार विरोधी आन्दोलनपछि उदाएर राष्ट्रिय प्रसिद्धिमा पुगेको दशक पुरानो पार्टी आपकी संस्थापक सदस्य हुन्। ५६ वर्षीय केजरीवाललाई भ्रष्टाचारको मुद्दामा मार्चमा पक्राउ गरी जेलमा थुनिएपछि उनी आप र दिल्ली सरकारको प्रमुख अनुहार थिइन्।
मुख्यमन्त्री बन्ने भएपछि आतिषीले भनिन्, ‘जबसम्म म सीएम हुन्छु, मेरो एउटै लक्ष्य अरविन्द केजरीवाललाई फेरि सीएम बनाउने हुनेछ । साथै दिल्लीका जनतालाई बचाउने प्रयास गर्नेछु। म अरविन्द केजरीवालको निर्देशनमा काम गर्नेछु।’
अरविन्द केजरीवालको राजीनामाबारे आतिशीले भनिन्, ‘म पनि दुखी छु कि अरविन्द केजरीवालले आज राजीनामा दिनुभएको छ । आज दिल्लीका दुई करोड जनताको तर्फबाट म भन्न चाहन्छु कि दिल्लीको एक मात्र मुख्यमन्त्री छ र उनको नाम अरविन्द केजरीवाल हो।’
राजधानीको मदिरा बिक्री नीतिमा भ्रष्टाचार गरेको आरोपमा हिरासतमा रहेका केजरीवाललाई भारतको सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । केजरीवाल र आम आदमी पार्टीले आरोप अस्वीकार गर्दै आएका छन् ।
आफ्नो रिहाई पछि केजरीवालले जनतामाझ गएर आफ्नो निदोर्षिता प्रमाणित गरेर मात्रै मुख्यमन्त्रीको कुर्सीमा फर्किने घोषणा गरेका थिए ।



























































