काठमाडौँ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


व्युरोले शुक्रबार काठमाडौंमा सम्मेलन गर्दै ब्यूरोले १ लाख ८० हजार ४ सय ३० ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भाद्र १८ गते उदयपुर घर भइ माकलबारी भर भएका बहादुर राइलाई ९ सय क्याप्सुल सहित पक्राउ गरिएको थियो । उनीमाथि थप अनुस्न्धान गर्दा उनको कोठाबाट थप ३३ हजार ६ सय क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै भाद्र १९ गते सर्लाही घर भएका विपिन कुमार महत्तोलाई काठमाडौं मनोहरास्थित बाबाचोकबाट ५३ हजार ९ सय ट्रमाडोल र ८ सय ९२ नाइट्राजेपान सहित पक्राउ गरिएको थियो ।

त्यस्तै भाद्र ३१ गते पर्वत घर भइ काठमाडौं मित्रनगर बस्ने बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कबाट ९ हजार ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिए ।

उक्त लागू औषध सम्झना रोक्काबाट खरिदबिक्रि गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि रोक्कालाई निजकै घरबाट ८३ हजार ट्रमाडोल तथा २ लाख ५० हजार रुपैयासहित पक्राउ गरिएको आचार्यले बताए ।

रोक्काले उक्त लागूऔषध बिक्रिबितरण गर्ने मुख्य व्यक्ति बारा घर भएका एक व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले असोज २ गते बारा घर भएका प्रदीप सर्राफलाई टोखाबाट ट्रमाडोल ३० क्याप्सुल सहित पक्राउ गरेको छ ।

निजको कारोवारमा सहयोग गर्ने डल्लु घर भएका मन मोहन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप सर्राफले बिगत ४ बर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ ।