मंगलबारे– प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले सोे कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक अर्यालले भने, “शान्ति सुरक्षा केबल चिया पसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभई नागरिक सहभागिता र संघीयताको पनि विषय पनि बन्नुपर्छ ।”


ADVERTISEMENT

# # #


उनले प्रहरी कर्मचारीले समय समयमा गर्ने गैरव्यावसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखिने बताए । कार्यक्रममा प्रहरी प्रधान कार्यालयका एआइजी ९प्रहरी अतिरिक्त महानिरीक्षक० पंकज श्रेष्ठ, प्रदेश नं १ का प्रहरी प्रमुख पशुपति उपाध्याय, मेची अञ्चल प्रहरी प्रमुख पीताम्बर अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक केदार रिजाललगायत जिल्लाका कार्यालय प्रमुख तथा स्थानीयवासीको उपस्थिति थियो ।