काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरु मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताएका हुन् । उनले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरु चल्न नसक्दा अस्थिरता अन्त्य हुन नसकेको धारणा राखे ।


ADVERTISEMENT

# # #


रावलले केन्द्रमा सरकार फेरवदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसंग काम गर्न नसकेको जिकिर गरे । उनले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पीडितलाई ठगी गर्नेबाट असुलउपर गरेर उपलव्ध गराउनुपर्नेमा जोड दिए ।

उनले अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसंग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे ।