काठमाडौँ– एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई काठमाडौंमा स्वागत गरिएको छ ।


ADVERTISEMENT


चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । त्यस्तै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ ।


ADVERTISEMENT

# # #


ऐतिहासिक पदक जितेकी एरिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा । तस्बिरः किरणराज विष्ट/रासस

 

एरिका लगाएतलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए । स्वागत कार्यक्रममा खेलाडी एरिकाले गुरुङले गोल्ड मेडल प्राप्त गर्ने लक्ष्यका साथ खेलेपनि रजत पदक प्राप्त भएको बताइन् । उनले आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।

त्यस्तै राखेप सदस्य सचिव घिसिङले आगामी दिनमा उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै अहिलेका पदक बिजेता खेलाडीहरुलाई छिटै पुरस्कार दिने बताए । एरिकाको अन्तराष्ट्रिय खेलमा सहभागीता र प्रशिक्षणको व्यवस्था राखेपले गर्ने उनले बताए ।

ऐतिहासिक पदक जितेकी एरिकालाई स्वागत गर्दै राखेप सदस्य सचिव घिसिङ । तस्बिरः किरणराज विष्ट/रासस

त्यस्तै कराँते महासंघका अध्यक्ष लामाले खेलाडीले गरेको प्रदर्शनसंगै नेपालका खेलको लक्ष्य निर्धारण भएको उल्लेख गरे । अव खेलाडीहरुले आफ्नो खेललाई थप बलियो बनाउदै लैजानुपर्नेमा उनले जोड दिए ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।