काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानविचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रितआन्दोलन गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरुले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरी आन्दोलन गर्ने जनाएका हुन् ।राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दाहरुलाई स्थापित गराउन छठपछि काठमाडौंमा सातदेखि दशदिनसम्म निरन्तर आन्दोलन गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान विचार भएकाहरुलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए । आन्दोलनलाई निष्कर्षमा नपुर्‍याएसम्म आफ्नो मुद्दाहरु स्थापित हुन नसक्ने भएकाले अवको आन्दोलन निर्णायक हुने उनको भनाइ छ ।

पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आन्दोलनको तयारी गरेको हो ।