काठमाडौँ – नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं, शुभ दिपावलीको विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ ।
कम्पनीका सेल्स तथा मार्केटिङ्ग म्यानेजर नबराज घिमिरेका अनुसार, यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा रु. १ लाखसम्मको छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्ने उनको भनाई छ ।
यस अफरमा, बेनेली स्कूटर १२५ सिसी रु. २ लाख ५० हजार मा उपलब्ध हुनेछ भने बेनेली १८०एस रु. ३ लाख ३० हजारमा किन्न सकिने छ । थप रूपमा, ग्राहकहरूले मूल्य रु. १२ हजार बेनेली ब्रान्डको हेलमेट, निःशुल्क पाउनेछन् । साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त रु. ३० हजारको मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्ने घिमिरेले बताए ।
केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ । यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन् ।
बेनेलीको यो अफरले नेपाली बजारमा प्रिमियम बाइक चलाउने सपना सजिलै पूरा गराउन सहयोग पुर्याउनेछ ।