बाँके– नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले उनीहरुलाई शुक्रबार दिउँसो ३ सय मिलिग्राम पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।