काठमाडौँ– पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा दुई बिरामीको बाटैमा मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका– ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुमध्ये भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

तर, पहिरोका कारण सडक अवरुद्व भएपछि एम्बुलेन्स बाटैमा अड्किएको थियो । समयमै उपचारको अभावमा ज्यान गुमाएका उनीहरुको शव ३ दिनदेखि एम्बुलेन्सभित्रै रहेको बताइएको छ ।