काठमाडौँ– प्राइम बैंकले आफ्नो स्थापना दिवसको अवसर पारेर आफ्नो नवनिर्मित भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


 

तत्कालीन बिराट्लक्ष्मी बिकास बैकका अध्यक्ष माधव कोइरालाले बैकका कर्मचारी सरोज निरौलालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन भएको रक्तदान कार्यक्रममा बैक का विभिन्न शाखाका कर्मचारी , ग्राहक तथा आगन्तुकले रक्तदान गरेका थिए ।


ADVERTISEMENT

# # #


रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ भने , रगत दिन इच्छुक धेरैको तौल तथा रक्तचाप र अन्य रोगका कारण रक्तदान गर्न नमिलेको ,झरी र बर्षाको प्रतिकुल मौसममा समेत उत्साहप्रद रुपमा रक्तदान कार्यक्रम सफल भएको प्राइम बैक कोशी प्रदेशका क्लस्टर ए प्रमुक ऋषिराम भट्टराईले जानकारी दिए ।

रगत अभाव कम गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि बैकले आफ्नो बार्षिक उत्सवको अवसरमा देशव्यपाी रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको र सोही अनुरुप बिराटनगरमा पनि प्रदेश कार्यालयको अगुवाइमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्राइम बैक प्रदेश कार्यालयका प्रमुख रबिन्द्र अर्यालले जनाए ।

सो अवसरमा रक्तदान गर्नेलाई बैंकले प्रशंसा पत्रले समेत सम्मानित गरेको थियो ।