काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढिको क्षति भएको बताएका छन् ।
अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केहि स्थानमा पक्लीपुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताएका हुन् ।
उनले क्षतिग्रस्त सडकहरुको मर्मत गरि यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे । चाडवाडअघि नै अवरुद्ध भएका सवै सडक सञ्जाल सूचारु भइसक्ने जानकारी दिदै मन्त्री दाहालले अन्य सडकखण्डहरु पनि मर्मत गरिने जनाए ।
उनले चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको सुनाए । यात्रुहरुलाई सहज रुपमा यात्रा गराउनका लागि प्रभावकारी रुपमा अनुगमन गरिने उनको भनाइ छ ।



























































