चितवन– प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल सान्इस (सिओएमएस)मा विशेष छुट पाउने भएका छन् । भरतपुर महानगरपालिका १० स्थित सिओएमएस र बैँकबीच भएको सम्झौता अनुसार प्रभुका ग्राहकले सो छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


आइतबार सम्पन्न सम्झैता अनुसार बैंकका ग्राहकले सिओएमएसबाट औषधि खरि,द उपचार, सिटि स्क्यान र एमआरआई बाहेकका सम्पूर्ण सेवामा छुटा पाउनेछन् । यसैगरि, ग्राहकले ै एक्सरे र यूएसजि मा समेत २०∞ सम्म को छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार यसका लागि ग्राहकले बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्नेछ । यसबाहेक सुविधा प्राप्त गर्नको लागि प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

उक्त समझौता पत्रमा बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सिओएमएसका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधानले हस्ताक्षर गरेका छन् ।