काठमाडौँ – नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउदा अपहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए । हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही बिषयलाई बारले उठाउदा न्यायपरिषद् बारमाथि खनिएको उनले बताए ।


ADVERTISEMENT

# # #


आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी आफुले लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न पनि आफु तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने उनको भनाइ छ ।

उनले न्यायपालीका शुद्ध नभएसम्म बारको न्यायीक लडाई जारी रहने बताए ।