काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरुसंग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभइ वास्तविक रुपमा नै पीडितलाई सहयोग गर्ने गरी उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उनले बताए । प्राकृतिक प्रकोपका घटना भएसकेपछि आफुले राज्यका निकायसंग जानकारी लिन खोज्दा जानकारी नपाएको उनले गुनासो गरे ।

उहाले प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने नभई दुखको अवस्थामा सरकारलाई सघाउने काम सवैको भएको धारणा राखे । लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गरे ।

उहाले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महशुस हुने गरि पार्टीले काम गर्ने बताए ।