काठमाडौँ – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बाढी पहिरो लगायतका विपदमा परेका घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार बाढी तथा पहिरोलगाएत प्राकृतिक प्रकोपमा परि घाइते भइ वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले प्राकृतिक प्रकोपबाट घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले सबै घाइतेहरुको निशुल्क रुपमा उपचार भइरहेको जानकारी दिए । मन्त्री पाडैलले उपचार आवश्यक रहेका तर अस्पताल आउन नसकेका नागरिकहरुलाई पनि सम्पर्कमा आउन आग्रह गरे ।

बिपतपछि आउनसक्ने महामारीलाई नियन्त्रण गर्नका लागि मन्त्रालय सजक रहेको उनले बताए ।