ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ स्थितबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


असोज १६ गते राती ९ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला–२ का २० बर्षीय उदय पन्थको घर कोठा खनतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पस्तोल बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ ।