ताप्लेजुङ– ताप्लेजुङको मिरिङ्देन गाउँपालिका–१ ओख्रेका ३२ वर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


असोज १७ गते बिहान घरायसी वादविवादको क्रममा ५५ वर्षीय श्याम ओख्रावु लिम्वुलाई उनकै छोरा सुमन ओख्रावु लिम्वुले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


घटनाको जानकारी प्राप्तहुनासाथ तत्काल प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोक सहित पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेका लिम्बुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ ।