काठमाडौं-निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कंग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।


ADVERTISEMENT


राजीनामा दिएको करिब २६ घण्टापछि आज दिउँसो १ बजे बालुवाटारबाट बाहिरिएको उहाँका सहयोगी गोविन्द परियारले बताएका छन् ।


ADVERTISEMENT

# # #


सभापति देउवा बुढानिलकण्ठस्थित आफ्नो निवासमा सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस सभापति देउवा ८ महिनादेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।

वाम गठबन्धनको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी ओली हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।