काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसी बोका र च्याङ्ग्रा बिक्रि सुरु गरेको छ ।
कम्पनीको कार्यालय थापाथलीबाट खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बिक्रि सुरु गरेको हो । कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गरिरहेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२२० रुपैयाँमा तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सहायक विभागीय प्रवन्धक ज्ञानु थापाले जानकारी दिइन् । ।
यस वर्ष देशका विभिन्न स्थानबाट खसी बोका १५०० र च्याङ्ग्रा ३०० गरी जम्मा १८०० बेच्ने ल्याइएको उनको भनाई छ । बजार मूल्यलाई स्थीर गराउनका लागि खाद्यले हरेक बर्ष खसी बोका र च्याङ्ग्रा बिक्रि वितरण गर्दै आएको उनले जनाइन् ।
खाद्यले सहुलियत मूल्यमा खसी बोका र च्याङ्ग्रा बिक्रि सुरु गरेसंगै खरिद गर्न सर्वसाधारणको भीड लागेको छ । दशैमा धेरै नै खसी बोका र च्याङ्ग्राको खपत हुने भएकाले सिङमा हरियो रंग लगाएका खसी बोका र च्याङ्ग्रामात्र खरिद गर्न पशु सेवा विभागले आग्रह गरेको छ ।


























































