काठमाडौं । नेपाल बिधार्थी संघ ( नेविसंघ ) का अध्यक्ष नैनसिंह महरले पार्टी एकता गर्दै सरकार बनाउँछौं भनेर बाम गठबन्धनले जनतालाई झुटो बोलेको कुरा पुष्टि भएको बताएका छन् ।


ADVERTISEMENT


एमाले र माओबादी केन्द्रले पार्टी एकिकरण गरेर स्थायी सरकार दिने रटान लगाए पनि त्यो बाचा तुहिएको बताउँदै कम्युनिष्ट गठबन्धनले जनताको पक्षमा काम गर्छ भन्ने भ्रम समेत पर्दाफास भएको अध्यक्ष महरको ठम्याई छ ।


ADVERTISEMENT

# # #


नेविसंघ केन्द्रीय टोलीको नेतृत्व गर्दै पूर्वका बिभिन्न जिल्लाहरुमा प्रशिक्षण अभियान चलाईरहेका महरले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकै जिल्ला झापामा पुगेर बाम एकता भाँडिने स्थितीमा पुगेको भन्दै ओली नेतृत्वको सरकार स्थायी नहुने ठोकुवा गरेका हुन् ।

नेविसंघ झापाको जिल्ला स्तरीय एक दिने अन्तर क्याम्पस प्रशिक्षणलाई संबोधन गर्दै चन्द्रगढीमा आयोजित जिल्लाका बिभिन्न दश क्याम्पसका स्ववीयु, ईकाई र उच्च मावि ईकाईहरुबाट सहभागि ३ सय २५ बिधार्थी नेताहरुलाई शैक्षिक आन्दोलनमा सामेल हुनका लागि तयार रहन उनले निर्देशन दिएका छन् ।

निशुल्क स्वास्थ्य बिमा, सर्टिफिकेट धितो राखेर क्रृण लिने ब्यवस्था, शैक्षिक बेरोजगार भत्ता, शिक्षालयहरुमा ई लाईब्रेरी र क्लास, सामुदायिक शैक्षिक संस्थाको सुधार र प्रदेश पालिकामा एउटा एउटा प्राविधिक शिक्षालय स्थापना संगै हरेक वार्डमा २,२ वटा प्रारम्भिक बाल विकास केन्द्र ( मन्टेश्वरी ) स्थापना हुनुपर्ने नेविसंघको मागलाई सरकारले बेवास्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि देशब्यापी संघर्ष अघि बढाउन आवश्यक बनेको र त्यसका लागि देशभरीका नेविसंघ नेता कार्यकर्ताहरु तयारी अवस्थामा रहनु पर्ने महरको भनाई छ ।

सामन्ती र राणाहरुको कब्जामा रहेको नेपालको तत्कालिन उच्च शिक्षालाई २०१५ सालमा प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोईराला नेतृत्वको कांग्रेस सरकारले २०१६ सालमा त्रिभूवन बिश्व बिद्यालय स्थापना गरेर जनताका छोराछोरीलाई उच्च शिक्षा पढ्ने अवसरको ढोका खोलेको प्रसङ्ग कोट्याउँदै महरले सबै जनताका हक हित र अधिकारका लागि लड्ने पार्टीको भातृ संगठन नेविसंघ नै बिधार्थीहरुको आफ्नै संगठन बनिसकेको बिश्लेषण गरे ।

शिक्षा, संगठन र राजनीतिका बारेमा प्रशिक्षण दिईएको कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य खड्ग सुब्बाले समेत बोलेका थिए । स्ववीयु सभापति भूवन बुढाथोकीले कार्यक्रमको समेत सभापतित्व गरेका थिए । स्वागत भाषण पारसमणी तिमल्सेनाले गरेका थिए ।

केन्द्रीय अध्यक्ष महर लगायत नेविसंघको केन्द्रीय टोली यतिबेला पूर्बी क्षेत्र झापा, ईलाम, पाँचथर लगायतका क्षेत्रको शैक्षिक अनुगमन र प्रशिक्षणमा ब्यस्त रहेको नेविसंघका मूख्य सचिव डिल्ली हमालले जानकारी दिएका छन् ।