काठमाडौं-डेपुटी सिइओ अनिल शाहले आजदेखि निमित्त प्रमुख कार्यकारीको रुपमा नविल बैंक सम्हालेका छन् ।अवकाशका क्रममा प्रमुख कार्यकारी अधिकृत शशिन जोशी बिहीबारदेखि नै विदामा बसेपछि शाहले नै निमित्त प्रमुखको रुपमा पद सम्हालेका हुन्।


ADVERTISEMENT


एक हप्ताअघि देखि शाह डेपुटी सिइओका रुपमा नविलमा प्रवेश गरेका थिए । यसअघि नविल बैंकले प्रमुख कार्यकारीका रुपमा गरेको नियुक्तलाई राष्ट्र बैंकको ‘कुलिङ पिरियड’ले नदिने भएपछि शाहको नियुक्ति खारेज भएको थियो ।


ADVERTISEMENT

# # #


प्रमुख कार्यकारीको नियुक्ति खारेज गरेर नविलले डेपुटी सिइओका रुपमा शाहलाई भित्र्याएको हो । राष्ट्र बैंकको ‘कुलिङ पिरियड’ले कुनै पनि बैंकको प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएपछि अर्को बैंकमा ६ महिनासम्म सो पद ग्रहण गर्न नपाउने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाकै कारण नविलले शाहलाई डेपुटीका रुपमा लगेको हो । यसअघि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका उनको जेठ अन्तिम साता मात्रै ६ महिना पुग्नेछ ।

जेठको अन्तिम साता उनलाई नै प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकले नियुक्त गर्ने स्रोतले जनाएको छ।