काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राज्य जनताको दुःखमा अभिभाकत्व निभाउनमा चुकेको अभिव्यक्ति दिएका छन् ।
मंगलबार बानेश्वरमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा नेता महरले महरले जनतलाई दुःख परेका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् ।
जनतालाई दुख परेको बेला अभिभावकत्व निभाउने जिम्मेवारी राज्यको रहेको बताउँदै उनले भने, ‘तर अहिले राज्यले यो भूमिका निभाउन सकिरहेको छ कि छैन ?’
वर्षाबाट अर्बौंको क्षति भएको तथा चाडपर्वको मुखमै खोसिएर बिचल्ली भएको अवस्थामा सरकारको उपस्थिती कमजोर देखिएको उनको भनाई छ । ‘विपत्तिले गर्दा शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो असहजता सिर्जना भएको छ,ु उनले भने, ‘मर्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यानदिनु पर्दछ’, उनले भने ।


























































