सप्तरी – जिल्लामा लागुऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिप्रका जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा मंगलबार राजविराज नगरपालिका– ३ स्थित श्री हेप्पी ल्याण्ड इंगलिश बोर्डिङ्ग स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी, शिक्षक तथा व्यवस्थापकवर्ग लगायत कुल ७० जनाको उपस्थितिमा उक्त कार्य सम्पन्न भएको हो ।
जिप्रका प्रमुख मेख बहादुर मंग्रातीको प्रमुख अथित्यरहेको समारोहमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले लागु औषधको परिचय, प्रकार, असर, लक्षण, यसबाट बच्ने उपायहरु तथा कानूनी प्रावधान लगायतका विषयहरुमा चर्चा गरेका थिए ।